बारा,६ पुस । बाराको जितपुर सिमरा उपमहानगरपालिका-११ स्थित एउटा कारभित्र शनिबार बिहान शव फेला परेको छ। बागमती प्रदेश-०१-०२८ च ७६१६ नम्बरको उक्त कारमा एक व्यक्तिको शव टाउकोमा गम्भीर चोट लागेको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक बलराम श्रेष्ठका अनुसार मृतकको पहिचान अझै खुल्न सकेको छैन। प्रारम्भिक रूपमा अज्ञात समूहद्वारा गोली प्रहार गरिएको अनुमान भए पनि यसबारे कुनै आधिकारिक पुष्टि भएको छैन ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका एसपी नेतृत्वको टोली पुगेर अनुसन्धान तीव्र पारेको छ।