रौतहट ५ पुस
रौतहटको मुख्या चोकमा नै सडक पेटी हटाउने कार्यलाई कार्यन्वयन नगरपालिकाले गर्न नसकेको स्थानियले आरोप लगाएका छन । रौतहटको चन्द्रपुर नगरपालिकाको मुख्या भाग चन्द्रपुर नगरपालिकाको वडा नम्बर ४ को महेन्द्र राजमार्ग क्षेत्रमा हालसम्म पनि सडक पेटी अतिक्रमण गरि ढेलाहरुमा ब्यापार ब्यावसाय गरिरहेका फुटपाते ब्यावसायहिरुलाई सो क्षेत्रबाट हटाउन नगरपालिकाले चासो नदेखाएको स्थानियबासीको आरोप रहेको छ । विगत लामो समयदेखि चन्द्र्रनिगाहपुर क्षेत्रमा रहेका सडक पेटीहरुमा ढेलामा फलफुल , चटपटे , नास्ता ,चिया लगायतका विभिन्न ब्यावसायीहरु सञ्चालन गर्दै आएका छन । त्यसका साथै बस , अटो रिक्सा , भ्यान , ट्रक जस्ता सवारी साधनहरुको समेत उचित पार्किङको ब्यबस्था चन्द्रपुर नगरपालिकाले गर्न नसकेको उनीहरुको भनाइ रहेको छ । गरुडा नगरपालिकाले गत पुस १ गते १४ जना आफ्नै नगर प्रहरीहरु परिचालन गरि नगर क्षेत्रमा सडक अतिक्रमन गरि बनाइएको घर टहरा लगायत ब्यापार ब्यावसायी तथा सरसमानहरु ह्टाउने कामको शुरुवात गरिसकेको छ । गरुडा नगरपालिकाले गरेजस्तै सडक पेटी अतिक्रमन गरि सञ्चालन गरिरहेका ब्यापार ब्यावसायी तुरुन्त हटाउनुपर्नेमा स्थानियले जोड दिएका छन ।

