रौतहटमा एमबिबिएस परिक्षामा दोस्रो साह सम्मानित

रौतहट ५ पुस
रौतहटका एमबिबिएस परिक्षामा देशकै दोस्रो स्थान प्राप्त गरेको भन्दै माधवनारायण नगरपालिकाले आज एक कार्यक्रमका साथ सम्मान गरेको छ । रौतहटको माधव नारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादवले एमबिबिएस परीक्षामा देशमै दोस्रो स्थान प्राप्त गरेका माधव नारायण नगरपालिका –७ फूलवारियाका विधार्थी मधुसुधन प्रसाद साहलाई आज सम्मान गरेका हुन । केही दिन अघि भएको एमविविएसको परीक्षामा देशमै दोस्रो स्थान हासिल गरी नगरपालिका र रौतहटको गौरव बढाएको भन्दै नगर प्रमुख बैजनाथ प्रसाद यादवले शुक्रबार आफ्नै कार्यकक्षमा विद्यार्थी साहलाई सम्मानित गर्दै शिक्षामा अझै प्रगति गर्न सुझावसहित सफलताको शुभकामना समेत दिनुभएको छ । शिक्षा, साक्षरतामा देशको ७७ औं स्थान अर्थात पुच्छारमा रहेका रौतहट जिल्ला त्यसमा पनि माधव नारायणका विधार्थी मधुसुधन साहले एमबिबिएसको परीक्षामा देश भरिमा दोस्रो स्थान ल्याउन सफल हुनु आफैंमा ठूलो सफलता भएको नगर प्रमुख यादवको भनाइ रहेको थियो । एमबिबिएस मेडिकलमा अध्ययनका लागि नेपाल सरकारले लिएको छनौट परिक्षामा रौतहटका दुई जना विद्यार्थी पहिलो र दोस्रो स्थान प्राप्त गरेर जिल्लाको सम्मान बढाएकोमा नगर प्रमुख साहले खुशी ब्यक्त गर्नु भयो ।

ताजा समाचार

Related Articles