रौतहट ५ पुस
रौतहटको बृन्दावनमा दिउसै लाखौको चोरी भएको छ । शुक्रबार रौतहटको वृन्दावन नगरपालिकाको वडा नं.–८ आकडपाथर स्थित एक घरमा आज दिउसै लाखौंको चोरी भएको पिडितले तराई पोष्टलाई बताएका छन । वृन्दावन नगरपालिकाका नगर कार्यपालिका सदस्य समेत रहेकी लालपरि देवि र हरूवा चरुवा अधिकार मञ्च रौतहटका अध्यक्ष दशरथ रामको घरबाट शुक्रबार दिउसो १२ बजेको समयमा चोरी भएको उनीहरुले बताएका छन । पिडित दशरथ राम आफ्नो ससुराली बारामा सम्पुर्ण परिवार सहित रहेको जनाइएको छ । बारामा ससुरालीमा आफन्तको मृत्यु भएकाले रामका सम्पूर्ण परिवार सहित बारा जिल्ला गएको मौका छोपेर रामको घरको पछाडि पटिको ढोका खोली घर भित्र रहेको ट्रंक,अल्मारीको ताल्चा तोरेर नगद १ लाख,करिब ६ लाख ५० हजार बराबरको सुन,चाँदीका गहनाहरु र केही लत्ताकपडा सहित अन्दाजी ८ लाख बराबरको चोरी भएको पिडितका भतिज गोपाल महराले तराई पोष्टलाई जानकारी गराएका छन । पिडित रामका भतिज गोपालले आफन्तको निधन भएको कारण घरको सबै सदस्य बाहिर गएको र आफु खेतमा गएको समयमा सो सामग्रीहरु दिउसो नै चोरी भएको बताउनु भएको छ । खेतमा काम गरेर घर आउदा घरमा भएका सामग्रीहरु सबै चोरी भएको थाहा पाएपछि गोपालले छिमेकीहरुलाई जानकारी गराएका थिए । छिमेकीहरुले प्रहरीलाई जानकारी गराएपछि सो घटनाको प्रहरीले छानविनका साथै चोरको खोजी कार्य तिब्र गतिमा गरिरहेको प्रहरीले बताएको छ । दिउसो नै चोरी गर्ने चोर अन्त टाढाबाट नआएको घर छिमेकीहरु हुन सक्ने गोपालको दावी रहेको छ । सो घटनाको कडा अनुसन्धान गरि दोषीलाई पक्राउ गरि कडा कारबाही गर्नका प्रहरी प्रशासनसंग माग समेत गरेका छन । ईलाका प्रहरी कार्यालय गरुडाबाट घटना स्थलमा पुगेका प्रहरीले पनि फरार चोरहरुको खोजतलास गर्नुको साथै यस बारे थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरी जनाएको छ ।

