रौतहटमा अनुचित कारोबार गर्ने सरकारी कर्मचारी पक्राउ

रौतहट ५ पुस
रौतहटमा अनुचित कारोबार गर्ने एक सरकारी कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । विहिबार रौतहटको माधवनारायण नगरपालिकाको वडा नम्बर ५ मिठुवाका बर्ष ४१ का भगवान साहलाई अनुचित कारोबार लेनदेन मिटरब्याजी कारोबार गरेको आरोपमा साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रबक्ता डिएसपि दिपक कुमार रायले तराई पोष्टलाई बताउनु भयो । स्थानिय रामप्रति साहले निज श्रीभगवान साह र निजका श्रीमति विनिता साहले अनुचित लेनदेन गरेका भनी जाहेरी दिएका थिए । सोही जाहेरीका आाधारमा अनुचित लेनदेन सम्बन्धि कसुर मुद्दामा जिल्ला अदालत रौतहटबाट गत मंसिर २० गते नै पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजी कार्यलाई तिब्रता दिएको थियो । सोही क्रममा बिहीबार श्रीभगवान साहलाई रौतहटको शुकदेव चौकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । निजका श्रीमती भने फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका श्रीभगवान कर्णाली प्रदेशमा सरकारी सेवामा कार्यरत कर्मचारी हुन । साह रौतहट घर आएर लुकीछिपी बसीरहेको प्रहरीले जानकारी पाएपछि निजलाई पक्राउ गर्न सफल भएकाृ प्रहरीले प्रतिक्रिया दिएको छ । अनुचित लेनदेनमा श्रीभगवान पक्राउ परेको पुष्टि गर्दै आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दिपक कुमार रायले बताउनुभएको छ । पछिल्लो समयमा रौतहटमा अनुचित लेनदेन मिटर ब्याज सम्बन्धी मुद्दामा प्रहरीले विशेष सक्रियता देखाएको छ ।

ताजा समाचार

Related Articles