रौतहट ५ पुस
रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रमा केही दिनदेखि हात्तीले स्थानियलाई दुख दिदै आएके छ । रौतहटको चन्द्रपुर नगरपालिका अन्र्तगत वडा नम्बर ३ गैडाटार , वडा नम्बर ४ कप्तानटोल , जंगलटोल तथा वडा नम्बर २ को जुडिबेला क्षेत्रमा केही दिनदेखि स्थानियको केरा , मकै लगायत घर , टहरो , गोठ , धानको भकारी लगायतका विभिन्न संरचना भत्काउनेदेखि बालीनाली नष्ट गरिरहेको गैडाटारका स्थानिय नविन तामाङले तराई पोष्टलाई जानकारी दिनु भयो । गएराती गैडाटारमा लगाइएका केरा खेतीमा क्षति गरेर एक हुल हात्तीको समुहले चन्द्रपुर वडा नम्बर २ स्थित जुडिबेलामा एक स्थानियको घर भत्काइ दिएको स्थानिय बासिन्दा सानो थोकरले तराई पोष्टसंगको कुराकानीमा बताउनु भएको छ । चन्द्रपुर नगरपालिका क्षेत्रमा पर्ने जङ्गल नजिकका विभिन्न बस्तीहरूमा जङ्गली हात्तीले आतंक मच्चाउन थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन । प्रत्येक बर्ष चन्द्रपुर नगरपालिकाका विभिन्न स्थानमा हात्ती आतांकले स्थानिय आजित बनेका छन । पर्सा बन्यजस्तु आरंक्षणले ती जंगली हात्तीहरुलाई समयमा नै नियन्त्रण गर्नुपर्ने चन्द्रपुरका स्थानिय पिडितहरुले माग गरेका छन ।

