राैतहट ३ पुस
राैतहटकाे गरुडाका विपन्न परिवारलाई नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले बुधबार न्यानाे कपडा कम्बल वितरण गर्नु भएकाे छ । बुधबार गरुडा नगरपालिकाका गरिव गरिव परिवारलाई चिसाेबाट जाेगाउनका लागि जयसवालले विपन्न समुदायका नागरिकहरुलाई आवश्यक फाइबरकाे कम्बल वितरण गरेकाे नगरपालिकाले जनाएकाे छ । न्यानाे कपडा वितरण कार्यक्रम बुधबार देखि सुरु गरिएको र साे कार्य अन्तर्गत बुधबार पहिलो दिन १ सय १० जना अति गरिब बिपन्न बर्गका परिवारहरुलाई फाईबर कम्बल वितरण गर्नु भएको हाे । चोसोबाट बच्नका लागि नगर प्रमुख जैसवाल आफ्नो नगरको सम्पुर्ण वडाहरुमा बितरण गरिने जानकारी दिनु भएको छ ।

