राैतहट ४ पुस
राैतहटकाे गरुडामा नगर प्रहरीले अतिक्रमण भएकाे सडक पेटी सफाईकाे काम शुरुवात गरेकाे छ । साेमबार पुस १ गतेबाट गरुडा नगरपालिकाले आफ्नै नगर प्रहरी परिचालन गरेकाे थियाे । साे नगर प्रहरीले ३ दिनपछि नै विहिबारधाट गरुडा नगरपालिकाकाे वडा नम्बर ४ का विभिन्न क्षेत्रमा सडक पेटीमा राखिएका संरचनाहरु हटाउन कामकाे शुरुवात गरेकाे छ । गरुडा नगरपालिका -४ को विभिन्न स्थानका सडक पेटीमा आवागमन र पैदल यात्रीहरूको आवतजावतमा अवरोध पुग्ने गरी राखिएका संरचना र सामानहरू हटाई अतिक्रमित स्थान र बाटो सफाई गर्ने कार्य गरिएकाे नगरपालिकाले जनाएकाे छ ।

