बैराठपुरमा निःशुल्क आँखा शिविर सम्पन्न

रौतहट, ३ पुस । वृन्दावन नगरपालिका वडा नम्बर १ बैराठपुरमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। बुधबार श्री हनुमान प्राथमिक विद्यालयमा श्री कृष्ण प्रणामी युवा परिषद नेपालले आयोजना गरेको यस शिविरमा २५० जना स्थानीयको आँखा परीक्षण गरिएको थियो ।
परीक्षणका क्रममा ८५ जना बिरामीमा मोतियाबिन्द देखिएको छ। शिविरमा पहिचान गरिएका मोतियाबिन्दका बिरामीहरूको निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको छ। बिरामीहरूलाई शुक्रबार हेटौंडाको सामुदायिक आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने जानकारी आयोजक संस्थाले दिएको छ ।
शिविरले ग्रामीण क्षेत्रका मानिसहरूलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजक संस्थाका प्रतिनिधिहरूले बताएका छन्। स्थानिय बासिन्दाले पनि शिविरप्रति आभार व्यक्त गरेका छन् ।
शिविर सफल बनाउन स्थानीय स्वयंसेवक, स्वास्थ्यकर्मी, र अन्य सहयोगी संस्थाहरूले सक्रिय भूमिका खेलेका थिए। यस्तो प्रकारका कार्यक्रमले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँचलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।

ताजा समाचार

Related Articles