काठमाडौं ३ पुस
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले युएई भ्रमणकाे लागी निमन्त्रणा पाएका छन । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत अब्दुल्लाह अल शम्सीले शिष्टाचार भेट गरेका हुन । प्रधानमन्त्री निवास वालुटारमा आज (बुधबार) भएको उक्त भेटमा राजदूत शम्सीले आगामी फेब्रुअरीको दोस्रो साता दुबईमा आयोजना हुने ‘वल्र्ड गभरमेन्ट्स समिट’ मा भाग लिन युएईका उपराष्ट्रपति एवं प्रधानमन्त्री मोहम्मद बिन रसिद अल माक्तुमले पठाएको निमन्त्रणापत्र ओलीलाई हस्तान्तरण गर्नु भएकाे छ । दुबईमा हुने साे कार्यक्रमकाे अवसरमा दुई देशबीचको आपसी सम्बन्धका साथै पारस्परिक हित र चासोका साझा विषयमा छलफल समेत हुने बताइएकाे छ । यसका साथै भेटमा राजदुत अब्दुलेलाह अलशम्सीले यसअघि भएका द्विपक्षीय सम्झौताको प्रभावकारी कार्यान्वयन र आगामी दिनमा व्यापार, लगानी, कृषि, जलविद्युत्, पर्यटन प्रवद्र्धनबारे पनि छलफल समेत गरेका थिए ।