कुख्यात भारतीय डाँका सिरहाबाट पक्राउ

सिरहा,२ पुस । भारतीय डाँका आरिफ खान उर्फ आरिफ हुसैनलाई सिरहाको दशगजा क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ। शनिवार बिहान ४ बजे प्रहरीले उनलाई घाइते अवस्थामा पक्राउ गरेको हो। प्रहरीका अनुसार, खानको हात, खुट्टा र शरीरका विभिन्न भागमा चोट देखिएको छ।

सिरहा प्रहरीका डीएसपी वीरेन्द्र पासवानका अनुसार, आरिफ खान नेपाल र भारतका विभिन्न स्थानमा संगठित अपराध, डकैती तथा लुटपाटका घटनामा संलग्न रहेका छन्। महोत्तरीको एनएमबि बैंक शाखामा २०८० जेठ १६ मा भएको लुटपाट घटनामा पनि उनी मुख्य प्रतिवादी रहेको पुष्टि भएको छ। उक्त घटनामा पाँच जनाको समूहले पेस्तोल देखाई ३८ लाख रुपैयाँ लुटेका थिए।

त्यसैगरी, २०७९ फागुन १० मा सिरहाको मिर्चैया नगरपालिका ३ स्थित बतहा पुलमा ग्लोबल आईएमई बैंकका कर्मचारीलाई पेस्तोल देखाएर नौ लाख लुटिएको घटनामा पनि खान संलग्न रहेको प्रहरीले जनाएको छ।

भारतमा उनीबारे सूचना दिने व्यक्तिलाई भारतीय प्रहरीले २५ हजार भारतीय रुपैयाँ पुरस्कारको घोषणा गरेको थियो।

 

ताजा समाचार

Related Articles