रौतहटबाट बेवारिसे एक महिला संरक्षणका लागी मानव सेवा आश्रम पठायो

रौतहट २९ मंसिर
रौतहटको चन्द्रनिगाहपुरबाट बेवारिसे अवस्थामा हिंडडुल गरेकी महिलालाई उद्दार गरि मानव आश्रम हरिवनमा सर्लाहीमा पठाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले तराई पोष्टलाई जानकारी दिएको छ । शुक्रबार रौतहटको गुजरा नगरपालिकाका वडा नम्बर १ रंगपुरबाट मानसिक अबस्था प्रतिकुल देखिने र आफ्नो नाम ठेगाना एकिन बताउन नसक्ने अन्दाजी बर्ष ३० को सो महिलाको आफन्तहरुको खोजी गर्दा सम्बन्धित कतैबाट जानकारी विवरण नआएकाले निजलाई संरक्षणका लागी इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले मानव सेवा आश्रम हरिवन सर्लाहीमा शनिबार पठाइएको जनाइएको छ । यदि निज महिलालाई कोही कसैले चिन्नु हुने वा आफन्तजनहरुले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको मोवाइल नम्बर ९८५५०९०१६६ वा ९८५५०१५२१३ मा सम्पर्क गर्न समेत प्रहरीले अनुरोध गरेको छ ।

ताजा समाचार

Related Articles