चन्द्रनिगाहपुर २९ मंसिर
नेपाल तामाङ घेदुङ चन्द्रपुर १ नम्बर वडाको विशेष भेला शनिबार सम्पन्न भएको छ । शनिबार बसेको सो विशेष भेलाले सोम बहादुर बोम्जनको अध्यक्षतामा १३ सदस्यीय नेपाल तामाङ घेदुङ चन्द्रपुर १ नम्बर वडा कार्य समिति चयन गरेको छ । त्यसैगरी सो भेलाले उपाध्यक्ष धनराज थिङ र राम्री माया बोम्जन सचिव रेशम बहादुर गोले , सहसचिव संजय लामा , कोषाध्यक्ष जसुमाया वाईबा सदस्यहरुमा कुलमान मोक्तान , टिकबहादुर भोलन , राजेन्द्र वाईबा , विमल घलान , प्रेम लामा कान्छामान योन्जन र शुक्राम स्याङ्तान चयन गरिएको नेपाल तामाङ घेदुङ रौतहटले जनाएको छ ।