चन्द्रनिगाहपुर,२५ मंसिर । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गको धन्सार–लमाहा खण्डमा मंगलबार बिहान भएको स्कर्पियो दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। बाराको गढीमाई मन्दिरबाट दर्शन गरेर सिराहा फर्कंदै गरेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो गाडी अनियन्त्रित भई सडकबाट तल खसेर रुखमा ठोक्किएको थियो ।
मृतकहरूको नाम
१. श्रीकुमार यादव – ४० वर्षीय स्कर्पियो चालक
२. फुलमन्ति देवी चमार – ६२ वर्षीया, सिराहा अर्नामा गाउँपालिका–३
३. लरुवती देवी महरा – ६० वर्षीया, सिराहा अर्नामा गाउँपालिका–३
४. रामकुमारी देवी महरा – ५० वर्षीया, सिराहा अर्नामा गाउँपालिका–३
५. महगीं देवी महरा – ५५ वर्षीया, सिराहा अर्नामा गाउँपालिका–३
६. उर्मिला महरा – ३० वर्षीया, सिराहा अर्नामा गाउँपालिका–३
७. सकुन्तला देवी महरा – ३० वर्षीया, सिराहा अर्नामा गाउँपालिका–३
८. रामकुमारी देवी महरा – ६० वर्षीया, सिराहा अर्नामा गाउँपालिका–३
घाइतेहरूको नाम
१. सन्तोष यादव – ३५ वर्षीय
२. माया देवी महरा – ४५ वर्षीया
३. अनिशा महरा – १२ वर्षीया बालिका
४. सन्दीप महरा – ८ वर्षीय बालक
घाइतेहरूको चन्द्रनिगाहपुर ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने एक जनालाई गम्भीर अवस्थामा वीरगन्ज रेफर गरिएको छ । घटनापछि स्थानीय बासिन्दा र प्रहरीले संयुक्त रूपमा उद्धार कार्य सम्पन्न गरेका थिए। प्रारम्भिक अनुसन्धानअनुसार, गाडी अनियन्त्रित भई सडकबाट तल खसेको कारण दुर्घटना भएको हो। घटनाबारे थप अनुसन्धान जारी छ ।

