तस्करलाई उन्मुक्ती , घाँसेहरुलाई दुःख दिदै राैतहटका घुमुवा वन कर्मचारी

वसन्त लामा
राैतहट २३ मंसिर
राैतहटका वन क्षेत्रमा घुमुवा वन कर्मचारी कै कारण वन विनास भइरहेकाे डिभिजन वन कार्यालयलाई आराेप लागेकाे छ । राैतहटकाे चन्द्रपुर नगरपालिकाकाे उत्तरी क्षेत्रकाे राष्ट्रिय वनमा केही माेटरसाइकल घुमुवा बर्दीवाला वन कर्मचारीहरुकाे मिलाेमत्ताेमा वन क्षेत्रमा व्यापक फडानी भइरहेकाे सञ्चारकर्मी वसन्त तामाङले तराई पाेष्टलाई जानकारी दिनु भयाे । साे वन क्षेत्रमा दिनानुदिन अटाेरिक्साहरुसहित वनमा प्रबेश गरि सालका गाेलिया तथा दाउरा ढुवानी गर्नु गरेकाे तर घुमुवा वन कर्मचारीहरुले अटाे रिक्सा चालकहरुसंग केही रकम असुलेर छाड्ने गरेकाे स्थानियकाे आराेप रहेकाे छ । विगत लामाे समयदेखि रौतहटकाे  उतरी वन क्षेत्रबाट वन कर्मचारी र बिचौलियाकाे  मिलोमतोमा राष्ट्रिय वन फडानी हुने गरेको स्थानिय सञ्चारकर्मी वसन्त लामाकाे भनाई रहेकाे छ |
साे वन क्षेत्रमा हुने वन अतिक्रमणकाे मुख्या हात डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर राैतहटका हाकिमसम्मकाे मिलाेमत्ताे हुन सक्नु लामाकाे दावी रहेकाे छ । आइतबार बाराकाे  सिंगौलका स्थानीयलाइ समेत घाँस दाउरा लिनको लागि गएका  स्थानीयलाइ समेत मटरसाइकलमा गस्ती गर्न आउने वनको बर्दील गाएको कर्मचारीले धम्काउने गरेको लामाले बताउनु भयाे | माेरसाइकलमा गस्ती गर्न आउने कर्मचारीले धम्काउने मात्र नभई हसिया बन्चरो समेत खोसेर लाने गरेको बाराकाे निजगढ -१ सिंगौलको बिक्रम लाल धामीले बताउनु भयाे । अहिलेसम्म बाराकाे सिगाैल लगायतकाे स्थानियकाे राैतहट वन क्षेत्रमा घास दाउरा जाने क्रममा १५/१६ जनाकाे हसिया बन्चराे लगायतका हतियार जिल्ला वन कार्यालय राैतहटल र सव डिभिजन कार्यालय धन्सारले जफत गरेकाे जनाइएकाे छ ।  सव डीविजन वन कार्यालय धनसारका वन कर्मचारीले सिंगौलको स्थानीयको घाँस दाउरा गर्न जाने क्रममा मयुरी डाफे अटोरिक्सालाइ भने प्रति सवारी १५० देखि २०० सम्म लिएर वन क्षेत्रबाटै  छोडने गरेको उनीहरेकाे भनाई रहेकाे छ । यसरी काठ तस्करी गर्ने र वन फडानी गर्ने मुख्या याेजनाकारको विवरण  जिल्ला वन कार्यालय रौतहट र सव वनडिभिजन कार्यालय धनसारका कर्मचारीसग रहेको सञ्चारकर्मी वसन्त लामाले बताउनु भयाे | वन फडानी गर्ने वन तस्करलनई पक्राउ गर्नु पर्नेमा सामान्य पशुपालक किसानहरुलाई दुख दिदै आइरहेका स्थानियले गुनासाे गरेका छन ।

ताजा समाचार

Related Articles