राैतहटकाे गढीमाई मेलामा दर्शनले गरे कुर्सी ताेडफाेड

राैतहट २्० मंसिर
राैतहटकाे गढीमाई मेलामा विहिबार दर्शकहरुले कुर्सी ताेडफाेड गरेकाे छन । विहिबार साे मेलामा खेसारी लाल यादवकाे प्रस्तुति रहेकाे थियाे । चर्चित स्टार यादवकाे प्रस्तुति हेर्न आएका दर्शकहरुले स्टेजमा आसेपासेले भरिएकाे भन्दै आक्राेशीत भई कुर्सी ताेडफाेड गरेकाे स्थानियले बताएका छन । रा‌ैतहटकाे दाेस्राे गढिमाई मन्दिरकाे रुपमा रहेको गढिमाई नगरपालिकाकाे सुन्दरपुरमा खेसारी लाल यादवको प्रस्तुति हेर्न आएका दर्शकहरुले विरोध गर्दै तोडफोड गरेका हुन । प्रमुखका आसेपासेहरुलाई स्टेजमा राखेर दर्शकहरुलाई सहज रुपमा खुस्याम प्रस्तुति हेर्न नपाएकाे दर्शकहरुले गुनासाे गरेकाे तर आयाेजकले बेवास्ता गरेपछि आफुहरुले कुर्सी ताेडफाेड गरेकाे एक स्थानियले तराई पाेष्टलाई बताएका छन । स्टेजमा कलाकार बाहेक अन्य कसैलाई नराख्न आग्रह गर्दा साेकाे सुनुवाई नभएपछि दर्शकहरुले आक्राेस ब्यक्त गरेका थिए । बाक्लाे दर्शकहरुकाे भिड रहेकाले प्रहरीलाई समेत भिड नियन्त्रणमा लिन हम्मेहम्मे परेकाे थियाे ।

ताजा समाचार

Related Articles