गरुडा-समनपुर सडक निर्माणका लागि भोजपुरी सुपरस्टार खेसारीलाल यादवको आग्रह

   रुपेन्द्र पटेल
रौतहट, २० मंसिर । भोजपुरी सुपरस्टार खेसारीलाल यादवले रौतहटको गरुडा-समनपुर सडक निर्माणका लागि प्रदेश सांसद शेख अब्दुल कलाम (फूलबाबु)लाई पहल गर्न आग्रह गरेका छन् । बिहीबार रौतहटको गढीमाई नगरपालिका अन्तर्गत सुन्दरपुरमा आयोजित पञ्चवर्षीय गढीमाई मेलामा आफ्नो प्रस्तुति दिएपछि यादवले यो विषयमा ध्यान दिन अनुरोध गरेका हुन् ।
सांगीतिक प्रस्तुति सकिएपछि फोटो खिच्न स्टेजमा पुगेका सांसद फूलबाबुलाई यादवले स्थानीय जनताका लागि आवश्यक सडक निर्माणमा सक्रिय भूमिका खेल्न सुझाव दिए । यादवले भने, सडक राम्रो भएमा यहाँका नागरिकलाई धेरै सुविधा हुनेछ, त्यसैले यो विषयलाई प्राथमिकतामा राख्नुहोस् । गढीमाई मेलामा खेसारीलाल यादवको नृत्य र गायनले दर्शकलाई मनोरञ्जन प्रदान गर्‍यो । उनले आफ्ना चर्चित भोजपुरी गीतहरू गाएर माहोललाई झन् रोमाञ्चक बनाएका थिए । हजारौंको उपस्थितिमा दर्शकले यादवको प्रस्तुति अत्यन्तै मन पराएका थिए ।
उनलाई साथ दिन नेपालका चर्चित महिला कलाकारहरूले पनि आफ्नो प्रस्तुति दिएर कार्यक्रमलाई थप रङ्गीन बनाएका थिए । मेलाको आयोजनाले स्थानीय संस्कृतिलाई उजागर गर्दै पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको आयोजकहरूको भनाइ छ ।
भोजपुरी इन्डस्ट्रीका हिरो समेत रहेका यादवले अपिल गरेको  सडक मर्मत तथा निर्माणका लागि स्थानीयले समेत लामो समयदेखि आवाज उठाउँदै आएका छन् ।
गरुडादेखि समनपुर जोडने सडक खण्ड हिउँदमा धुलामे र वर्षा याम्मा हिलामे हुने गरेका छन् ।

ताजा समाचार

Related Articles