जनकपुर बोल्ट्सले टस जितेर ब्बलिङ रोजे

काठमाडौं,२० मंसिर । नेपाल प्रिमियर लिग एनपीएलमामा जनकपुर बोल्ट्सले टस जितेको छ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेबाट खेल सुरू हुने  खेलमा  पोखरा एभेन्जर्सविरुद्ध टस जितेर ब्बलिङ गर्ने निर्णय गरेको छ।

जनकपुरले यसअघि कर्णाली याक्स र विराटनगर किंग्सलाई पराजित गरिसकेको छ भने आफ्नो अपराजित यात्रालाई कायम गर्ने लक्ष्यसहित आज मैदानमा उत्रनेछ। पोखरा भने यसअघि पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो।

जनकपुर अनिल साहको कप्तानीमा छ भने पोखराका कप्तान कुशल भुर्तेल छन्।

ताजा समाचार

Related Articles