अन्डर १९ नेपाली क्रिकेट टाेलीलाई युएईमा सम्मान

युएई ४ डिसेम्बर ( १९ मंसिर )
नेपाली क्रिकेट टाेलीलाई युएईमा सम्मान गरेकाे छ । बुधबार एसिया अण्डर १९ एक दिवसीय क्रिकेट प्रतियोगिता २०२४ को अवसरमा युएई आउनु भएका खेलाडी तथा टोलीको विदाई तथा सम्मान कार्यक्रम सयपत्री स्टार रेष्टुरेन्ट अलखेल मलमा सम्पन्न भएको  नेपाल एसोसिएसन–एनआरएनए एनसीसी युएईका अध्यक्ष विकास शाहीले बताउनु भयाे । नेपाली राष्ट्रिय क्रिकेट टोली (अण्डर १९)मा रही नेपालको प्रतिनिधित्व गर्दै बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि हुर्दै क्रिकेट खेलको माध्यमबाट नेपाल र नेपालीलाई विश्वभर चिनाउँदै नेपाल र नेपाली शिर उच्च बनाउन महत्वपुर्ण भुमिका निर्वाह गर्नुहुने नेपालका राष्ट्रिय क्रिकेट खेलाडीहरु (अण्डर १९) टिम कोच, म्यानेजर तथा सिङ्गो नेपाली क्रिकेट टोली लाई विदाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेकाे शाहीले बताउनु भयाे । नेपाल एसोसिएसन–एनआरएनए एनसीसी युएईका अध्यक्ष विकास शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली राजदुतावास आवुधावीको श्रम काउन्सिलर दिपेन्द्र पौडेलको प्रमुख आतिथ्यता रहेकाे थियाे । कार्यक्रममा  गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदका सचिव मनोज कुमार श्रेष्ठ, गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद मध्यपुर्वका युवा संयो निरञ्जन सिलवाल, आईसीसी सदस्य खेमराज बस्नेत, नेपाल एसोसिएसन–एनआरएनए एनसीसी युएईका संरक्षक तथा निर्वतमान अध्यक्ष ठाकुर प्रसाद ढुङ्गाना, सल्लाहकार तथा नेपाली जनसम्पर्क समितिका सभापति भुवानी प्रसाद तिमिल्सिना, प्रवासी नेपाली मञ्च युएईका अध्यक्ष बाबुराम सापकोटा, नेपाली जनप्रगतिशिल मञ्च युएईका अध्यक्ष लक्ष्मण खनाल, सल्लाहकार बाबुराम विश्वकर्मा, नेपाली समाजका अध्यक्ष बेद प्रसाद अर्याल, गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद मध्यपुर्वका भुतपुर्व संयोजक चन्द्र प्रसाद सापकोटा, नेपाली विजनेश काउन्सिल युएईका कोषाध्यक्ष एकेन्द्र बहादुर  थापा, विभिन्न जिल्ला संस्थाका अध्यक्ष तथा प्रतिनिधि एनसीसी युएईका पदाधिकारी तथा सदस्य साथिहरु, युएईमा व्यवसाय गर्नुहुने व्यवसायी, समाजसेवी, बुद्धिजिवी तथा खेलप्रेमी महानुभवाहरुकाे सहभागीता रहेकाे थियाे  ।

ताजा समाचार

Related Articles