पत्रकार महासंघ राैतहट शाखामा अनिश्चितकालीन तालाबन्दी

राैतहट १९ मंसिर
नेपाल पत्रकार महासंघ राैतहट शाखामा बुधबार तालाबन्दी गरेका छन ।   नेपाल पत्रकार महासंघ रौतहट शाखाको कार्यालयमा क्रियाशील पत्रकार संघर्ष समिति रौतहट र प्रेस मञ्च नेपाल रौतहट शाखाको पदाधिकारीद्वारा अनिश्चितकालका लागि तालाबन्दी गरेका छन । २६ जना क्रियासिल पत्रकारहरुलाई सदस्यता नविकरण नगरिएकाे भन्दै क्रियासिल पत्रकारहरुले बुधबार पत्रकार महासंघ राैतहट शाखाकाे कार्यालयमा ताला लगाएका हुन । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले आउदाे मंसिर २८ गते महासंघले चुनाव गराउने बताएकाे छ । राैतहटमा लामाे समयदेखि सदस्यता बिषयमा विवाद हुदा महासंघकाे कार्यालयमा लामाे समयसम्म ताला लागेकाे थियाे । तर साे विवाद संघर्ष समितिका पदाधिकारीहरु र महासंघका पदाधिकारीहरुबिच सदस्यता वितरण गर्ने सहमति भएपछि ताला खुलेकाे थियाे । पछिल्लाे समय महासंघकाे केन्द्रीय कार्यालयले राैतहटका २६ जना क्रियासिल पत्रकारहरुलाई सदस्यता वितरण नगर्ने भएपछि पुन बुधबारबाट राैतहट शाखा कार्यालयमा ताला लगाएका छन । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले राैतहटका क्रियासिल पत्रकारहरु २६ जनाकाे सलस्यता प्रदान गर्ने भनी पत्रकार महासंघ राैतहट शाखामा पत्रचार गरेकाे थियाे । तर साेकाे  कार्यान्वयन नगरेकाेले कार्यान्वयन गर्नु पर्ने संघर्ष  समितिले जनाएकाे छ । 

ताजा समाचार

Related Articles