युएई १० मंसिर ( २५ नाेमेम्बर २०२४ )
युएईमा नेपाली समाज मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न भएकाे छ । युएई नेपप्लिज फुटबल एसोसिएसन (युएनएफए) ले नेपाली समाज मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि हात पारेकाे छ । नेपाल पत्रकार महासंघ युएईलाई टाइब्रेकर पराजित गरी युएनएफएले उपाधि जितेको हो । खेल अवधि १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकर पुगेकाे थियाे । ट्राइबेकरमा युएनएफले बाजी मारेको हो । सेमिफाइनल खेलमा युएनएफएले नेपाली दुतावास र युएई पत्रकार महासंघले एनएसयु एसोसिएसनलाई हराएर फाइनलको यात्रा तय गरेको थियो । प्रतियोगितामा नेपाली दुतावासका सागर श्रेष्ठ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घाेषित भएका थिए भने युएनएफएका राकेश उत्कृष्ट गोल किपर चुनिएका थिए । नेपाली समुदायबीच आयोजित प्रतियोगितामा एनआरएनए युएई र नेपाली समाज युएईको पनि सहभागिता रहेकाे थियाे ।

