उपेन्द्र गाेले तामाङ
राैतहट ८ मंसिर
राैतहटका पेट्रोल पम्पहरुले मिसावट युक्त पेट्रोल विक्रिवितरण गरेकाे गुनासाे गर्न थालेका छन । विगतका दिनहरुमा शुद्व पेट्रोल हाल्दा सवारीले राम्राे माइलेज दिएकाे र सवारीकाे ईन्जिन पनि लामाे समयसम्म खराबी नदेखिएकाे तर अहिले माइलेज र ईन्जिन समेत हप्ताकाे एक पटक बनाई रहनु पर्ने समस्या देखिएकाे स्थानिय कटहरियाका सवारी धनी हरि दासकाे गुनासाे रहेकाे छ । विशेष गरी ग्रामीण क्षेत्रमा रहेका पेट्रोल पम्पहरूले मिसावटयुक्त पेट्रोल बिक्री वितरण भईरहेकाे आरोप स्थानीयले लगाएका छन । राैतहटका मलाही टोल, समनपुर, बिश्रामपुर र कटहरिया क्षेत्रमा रहेका पेट्रोल पम्पहरूमा पेट्रोल हाल्दा गाडीको इन्जिन बिग्रने, पिकअपमा समस्या आउने र इन्धनको खपत बढी हुने गुनासो साेही क्षेत्रका सवारी चालकहरुले गरेका छन । मिसावटयुक्त पेट्रोल कै कारण धेरै जसो मोटरसाइकल र चारपांग्रे सवारीका धनीहरूले आफ्नो सवारी साधन बिग्रिएपछि मर्मतका लागि थप खर्च बेहोरि रहेको गुनासाे गरेका छन । आफुले मलाहि टोलको एक पेट्रोल पम्पबाट पेट्रोल हालेपछि मोटरसाइकलको इन्जिनबाट आवाज आउन थालेकाे स्थानिय सवारी चालक रामेश्वर यादवले तराई पाेष्टसँग गुनासाे गर्नु भयाे । ग्यारेजमा साे समस्या बताउदा मेकानिकले पेट्रोलमा मिसावटका कारण समस्या आएकाे बताएका थिए । यसरी पम्पहरुले मिसावट पेट्रोल विक्रि गरिरहेकाे अबस्थामा सम्बन्धित सरकारी निकायले कुनै कारबाही वा अनुगमन नगरेको स्थानीयले आराेप लगाएका छन । अन्य जिल्लामा पेट्रोल पम्पहरूको नियमित अनुगमन हुने भएपनि रौतहटमा सम्बन्धित अधिकारीहरूले ‘कानमा तेल हालेर बस्ने’ व्यवहार देखाएको आरोप स्थानियकाे रहेकाे छ । पेट्रोलको गुणस्तर सुनिश्चित गर्न स्थानीय प्रशासन, वाणिज्य कार्यालय, र इन्धन आपूर्ति विभागले जिम्मेवारी पुर्वक अनसगमन गर्नु पर्ने स्थानिय पिडितहरुले माग गरेका छन ।। ग्रामीण भेगका पेट्रोल पम्पमा प्राथमिकता दिएर इन्धनको गुणस्तर जाँच गरिनु पर्ने उनीहरुकाे माग रहेकाे छ । समयमा नै यसकाे निराकरण तर्फ सम्बन्धित निकायकाे ध्यान जान सकेन भने आन्दोलनकाे विकल्प नरहने सवारी चालकहरुकाे भनाई रहेकाे छ ।