राैतहट ८ मंसिर
राैतहटकाे चन्द्रपुरमा प्रथम मेयर कप क्रिकेट प्रतियोगिता शुक्रबारबाट सुरु भएकाे छ । साे प्रतियोगिता चन्द्रपुर नगरपालिकाकाे सहयोग तथा संघर्ष युवा क्लब, चन्द्रपुर ५ को आयोजनामा टी-२० लीग मेयर कप प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता मंसिर ७ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयाेजकले जनाएकाेलछ । रौतहटका ६ वटा पालिका र छिमेकी मुलुक भारतका दुई टीम गरी ८ वटा टीमको सहभागिता रहेकाे प्रतियोगिता चन्द्रपुर वडा नम्बर ८ स्थित बेतौनामा रहेको कोटीहोम क्रिकेट खेल मैदानमा सञ्चालन भइरहेकाे प्रतियोगिताका संयोजक देवराज कार्कीले तराई पाेष्टलाई बताउनु भयाे । शुक्रबार खेलको उद्घाटन गर्नु हुदै नगर प्रमुख सञ्जय कुमार काफ्लेले “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नारालाइ आत्मसात गर्दै शिक्षासँगै खेलकुदलाई पनि प्राथमिकता दिदै आएकाे बताउनु भएकाे छ । रौतहट फुटबलको मात्र नभई क्रिकेटको समेत उर्वर भूमि हो भन्ने कुरालाई प्रमाणित गर्न पनि यस किसिमका प्रतियोगिताको आयोजना हुन जरुरी रहेको काफ्लेकाे भनाई रहेकाे थियाे । नगर प्रमुख काफ्लेले नयाँ खेलाडी उत्पादन गर्न समेत सहयोग पुगोस् भन्ने हेतुले मेयर कप क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताउनु भयाे ।
शुक्रबार भएको उद्घाटन खेलमा गौर नगरपालिकाले चन्द्रपुर नगरपालिकालाई ४ विकेटले पराजित गरेकाे छ । टस जितेर फिल्डिङ रोजेको गौरले १७.२ ओभरमा ८० रन खर्चेर चन्द्रपुरको सबै बिकेट हात पारेको थियो । ८१ रनको लक्ष्य पाएको गौरले १६.१ ओभरमा ५ विकेटको क्षतिमा जीत निकालेकाे हो । गौरको जितमा असाब हुसेनले ४ चौकाको मद्दतमा २३ रनको योगदान गरेका थिए । १४ बल खेलेका रियाज शेखले ३ चौकासहित १४ रन जोडेका हुन । पहिला ब्याटिङ गर्न मैदानमा आएको चन्द्रपुरले १७.२ ओभरमा ८० रनमै सबै विकेट गुमाएको थियो । चन्द्रपुरका तर्फबाट गौरब खड्काले ३४ बलमा २२ रन जोडेका थिए भने अभिषेक रौनियारले २४ बलको सामना गर्दै १२ रन जोडेका थिए ।गौरका बलर आषिक बैठाले १४ बल खर्चेर ४ विकेट लिएका थिए । त्यस्तै सनि साहले २ विकेट , इस्तियाक अली, रोहीत क्षेत्री र रियाज शेखले एक/एक विकेट लिएका थिए । खेलमा गौरका बलर आषिक बैठा म्यान अफ द म्याच घोषित गरिएको कार्यक्रम संयोजक कार्कीले जानकारी दिनु भयाे ।

