युएईमा नेपालको ब्यापार निर्यात तथा प्रबद्र्धन सम्बन्धि अन्र्तक्रिया कार्यक्रम सम्पन्न

युएई ७ मंसिर  (२२ नोमेम्बर  २०२४)
नेपालको ब्यापार निर्यात तथा प्रबद्र्धन सम्बन्धि अन्र्तक्रिया कार्यक्रम युएईको अबुधाबीमा बिहिबार सम्पन्न भएको नेपाली राजदुतावास अबुधाबीले जनाएको छ । सो अन्र्तक्रिया कार्यक्रममा युएईका राजदुत तेज बहादुर क्षेत्रीले नेपालको निर्यात ब्यापारलाई प्रवद्र्धन गर्दै नेपाल र युएईबीचको ब्यापारिक सम्बन्धलाई अभिवृद्धि गर्ने पक्षमा राजदुतावासले सधै उच्च महत्वका साथ कार्य गरिरहेको बताउनु भएको छ । त्यसैगरि ब्यावसायीहरुबाट प्राप्त सुझावलाई समेत सकरात्मक रुपमा लिदै दुतावासले सधै सहयोगीको भुमिका निर्वाह गर्ने प्रतिबद्धता समेत जनाइएको राजदुत क्षेत्रीले बताउनु भएको छ ।

राजदुतावासमा आयोजित सो अन्र्तक्रिया कार्यक्रममा नेपाल उद्योग ब्यावसायी प्रतिनिधि मण्डल र गैर आवासिय नेपाली संघ युएई , नेपाल विजनेस काउन्सिल युएई तथा युएईमा रहेका उद्योगी एवम ब्यावसायीहरुबिच नेपाल र युएईबिच रहेको नेपाल ब्यापार घाटालाई कम गर्दै नेपालको निर्यात बढाउन युएईको बजारमा नेपाली उत्पादनका सामग्रीहरु सहज रुपमा स्थापित गराउने बिषयमा बृहत छलफल एवम अन्र्तक्रिया भएको जनाइएको छ । यसका साथै महत्वपुर्ण सुझावहरु समेत सहभागीहरुले राखेका थिए । अन्र्तक्रिया कार्यक्रममा युएईको बजारमा नेपाली उत्पादनका सामग्रीहरुको प्रचुर सम्भावना रहेको र निर्यातको क्षेत्रमा हाल देखा परेको चुनौती र भविष्यमा दुई देशबिच अपनाउनु पर्ने कानुन तथा नीतिगत उपायहरुका बारेमा समेत सहभागीहरुबिच गहन छलफल भएको राजदुतावासले एक प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

युएईले २०२४ नोमेम्बर १७ देखि २० सम्म आयोजना गरेको Middle East Organic and Natural product Expo 2024 Dubai मा नेपाल उद्योग वाणिज्य महासंघको संयोजकत्वमा नेपालबाट नेपाल निर्यात ब्यावसायी महासंघ लगायत विभिन्न उद्योगी ब्यावसायीहरु सहित ३३ जना प्रतिनिधिहरुले भाग लिएका थिए । युएइमा विगत २२ बर्षदेखि सञ्चालनमा ल्याएको एक्पोमा नेपालबाट पहिलो पटक Nepal Pavilion को १२ ओटा स्टल राखिएको थियो । कार्यक्रममा नेपाली ब्यावसायी प्रतिनिधि मण्डल , गैर आवासिय नेपाली संघ युएई , नेपाल विजनेस काउन्सिल युएई , विभिन्न उद्योगी तथा नेपाली राजदुतावास परिवार सहित ६० जनाको सहभागीता रहेको नेपाली राजदुतावास अबुधाबीले जनाएको छ ।

ताजा समाचार

Related Articles