रुपेन्द्र पटेल
रौतहट, ५ मंसिर । रौतहटको चन्द्रपुर नगरपालिकामा मेयर कप टी–२० लिग क्रिकेट प्रतियोगिता मंसिर ७ गतेदेखि १७ गतेसम्म आयोजना हुने भएको छ । प्रतियोगिता चन्द्रपुर नगरपालिका वडा नं–८ स्थित बेतौनाको कोटिहोम खेल मैदानमा हुनेछ । पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको टाइसिट सार्वजनिक गर्दै आयोजक संघर्ष युवा क्लब र चन्द्रपुर नगरपालिकाले प्रतियोगिताबारे जानकारी दिएका छन् ।
प्रतियोगितामा रौतहट जिल्लाका ६ वटा पालिकाका साथै भारतका २ टोलीको सहभागिता रहनेछ । समूह ए मा चन्द्रपुर नगरपालिका, गौर नगरपालिका, यमुनामाई नगरपालिका, र भारतको मुजफ्फरपुर समावेश छन् भने समूह बी मा गरुडा नगरपालिका, माधवनारायण नगरपालिका, कटहरिया नगरपालिका, र भारतको पटना टोली छन् । उद्घाटन खेल चन्द्रपुर नगरपालिका र गौर नगरपालिकाबीच मंसिर ७ गते हुनेछ । फाइनल खेल मंसिर १७ गतेका लागि तय गरिएको आयोजक टिमले जनाएको छ ।
आयोजकका अनुसार विजेता टोलीलाई नगद पुरस्कारसहित ट्रफी प्रदान गरिनेछ । उपविजेता, म्यान अफ द म्याच, र म्यान अफ द सिरिजलाई पनि विशेष सम्मान दिइनेछ । प्रतियोगिताका सबै खेलहरु राष्ट्रिय टेलिभिजन, युट्युब, र फेसबुकमार्फत प्रत्यक्ष प्रसारण गरिने आयोजकले बताएका छन् । रौतहट जिल्ला क्रिकेट संघका अध्यक्ष पवन साहले यस्ता प्रतियोगिताले जिल्लामा क्रिकेटको विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका हुन् । साथै, यसले नयाँ खेलाडी उत्पादनमा पनि टेवा पु¥याउने उनको भनाइ छ । जनकपुर बोल्ट सहप्रायोजक रहेको यस प्रतियोगिताले स्थानीय खेलकुदको उन्नतिमा थप योगदान पु¥याउने अपेक्षा गरिएको छ ।