उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै रौतहटमा छठ सम्पन्न

रुपेन्द्र पटेल
रौतहट, २३ कार्तिक । छठ पर्वको अवसरमा रौतहटका पोखरी, नदी र तालतलैयाहरूमा श्रद्धालुको भीड देखियो । चार दिनसम्म मनाइने यस पर्वको चौथो दिन अर्थात् उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै आज बिहान रौतहटमा छठ सम्पन्न भएको छ ।
व्रतालुहरूले ( हिजो) अस्ताउँदो सूर्यलाई अघिल्लो साँझ अर्घ अर्पण गरेका थिए । रौतहट लगायत तराई क्षेत्रको यो महत्त्वपूर्ण पर्व विशेष गरी मिथिलाञ्चलको परम्परा मानिए पनि पछिल्लो समय देशका विभिन्न भागमा मनाउन थालिएको छ । काठमाडौं र पहाडी क्षेत्रमा पनि यस पर्वको प्रभाव देखिएको छ ।
रौतहटमा श्रद्धालुहरूले पारिवारिक सुख, समृद्धि, रोगबाट मुक्ति र मनोकांक्षा पूर्तिको लागि सूर्यको उपासना गर्दै छठ मनाएका हुन् ।
रौतहटको गरुडास्थित तालमा, जहाँ हरेक वर्ष छठ मनाइन्छ, यस वर्ष पनि विशेष उत्साह देखिएको थियो ।
यस्तै चन्द्रपुरको चाँदी खोलामा छटघाट मनाइएको छ भने गौरको विभिन्न पोखरी र नदीमा छट मनाइएको हो । यस्तै वृन्दावनको पनि अधिकांश व्रतालुहरू नदी तथा खोलामा छट मनाएको छ भने कतिपयले पोखरीमा पनि छठ बनाएको छ । भक्तजनहरूले रातभर जाग्राम बस्दै भजन-कीर्तन गरेका थिए । रौतहटका जलाशयहरूमा आस्था र विश्वासका साथ हजारौँ श्रद्धालुले पूजा सामग्री, प्रसाद र ठाँक्री लिएर सूर्यलाई अर्घ अर्पण गरेका छन् । छठमा सहभागी हुने श्रद्धालुको भीडले रौतहटलाई झन् धार्मिक स्थलमा परिणत गरेको छ।

ताजा समाचार

Related Articles