रौतहटमा पेट्रोल बोकेको ट्याङ्करमा भीषण आगलागी, ट्याङ्कर पूर्ण रूपमा जलेर नष्ट

रौतहट, २१ साउन

रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसर पुल नजिक पूर्व–पश्चिम राजमार्गमा पेट्रोल बोकेको ट्याङ्करमा भीषण आगलागी भएको छ । दुर्घटनापछि लागेको आगोका कारण करिब १२ हजार लिटर पेट्रोल बोकेको म.प्र ०३–००१ ख ७८११ नम्बरको ट्याङ्कर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरका अनुसार घटनामा ट्याङ्कर चालक सकुशल रहेका छन्। आगलागी नियन्त्रणका लागि सुरक्षाकर्मी र दमकल परिचालन गरिएको थियो। आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ । आगलागीका कारण केही समय पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन प्रभावित भए पनि अहिले सडक पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

ताजा समाचार

Related Articles