बाराकाे सिगाैलमा राेक्न सकेन प्लास्टिक फुलकाे मालामा विक्री

बसन्त लामा
बारा सिगाैल १७ कार्तिक
बाराकाे निजगढ नगरपालिकाेले निकालेकाे सुचनाकाे ब्यापारीहरुले सिगाैलमा अवज्ञ गरेका छन । बाराकाे सिगाैलमा प्लास्टिकका फुलहरु विक्रि वितरणमा नगरपालिकाले एक सुचना जारी गर्दै राेक  लगाएकाे थियाे । तर त्यसकाे कार्यन्वयन सिगाैलमा भने हुन सकेन । निजगढगढ नगरपालिकाकाे वडा नम्बर १ सिगाैल स्थित हाट बजारमा प्लास्टिकको फुल बिक्रि भइरहेकाे पाइएकाे छ तर निकाय भने बेखबर देखिएपछि स्थानियले  नगरपालिकाकाे  सुचना कागजको खोस्टा सावित बनेकाे प्रतिक्रिया दिएका छन । नगरपालिकाले निकालिएको सुचनामा प्लास्टि जन्य फुलगुच्छको उदपादन आयात विक्रिवितरण एवं भण्डारण गर्न पूर्ण रुपले रोक लगाउने निर्णय गरेकाे थियाे ।  साे  सुचनाको कार्यन्वयन भयो कि भएन भनि अनुगमन गर्ने निकाय नहुदा सिगौलको लागेको बनस्थली हाट बजारमा ब्यापक रुपले प्लास्टिको फुल बिक्रि भएको पाइएकाे छ | प्लास्टिकको फुलको माला र खादा निस्तेज गर्ने उदेश्यले गत जेष्ट महिना को २७ गते बाट सयपत्री फुल खेति तालिम समेत सम्पन्न गरेको थियो |  सो सयपत्री फुल खेति तालिम सिगौल वडा नम्बर २ स्थित सभाहलमा १५ दिने सयपत्री फुलखेति सम्बन्धित तालिम सम्पन्न गरुकाे थियाे । केहि समय पहिला नै  निजगढ नगरपालिकाको नगर कार्यपालिकाको बैठकले कार्यक्रमा  खादा र व्याज लगाउने प्रथाको अन्त्यगर्न घोषणा गरेको थियो | अन्य देशबाट निर्यात भएको खादा खरिद गरि ल्याउदा बर्षेनी लाखौ रुपैयाँ बाहिर जाने भएकोले यसैलाइ रोक्न र स्थानीय महिलालाइ तालिम दिएर बेरोजगारी महिलालाइ आर्थिक समृद्ध गराउने उदेशले तालिम दिइएको कार्यपालिका सदस्य फुलमाया लामाले समापन कार्यक्रममा आफनो भनाइ राखेका थिए |  नेपालीको माहान पर्व तिहारमा भाइटिकामा लगाउने सयपत्री फुलको मध्यनजर गर्दै निजगढ नगरपालिकाले आफ्नै गाउठाउमा सयपत्री फुल उत्पादन गरिने उदेश्यले गराएको तामिल बिनियोजन गरेको बजेट मात्र स्वाहा भएको स्थानियले बताएका छन  |

ताजा समाचार

Related Articles