आम जनता पार्टी रौतहटका नेता साह तोडफोड आरोपमा पक्राउ

उपेन्द्र गोले तामाङ
रौतहट १० कार्तिक
रौतहटमा प्रधानाध्यापक सरुवाको बिषयमा तोडफोड गरेको आरोपी राजेश कुमार साह पक्राउ परेका छन । रौतहटको जय किसान मावि धरहरिका प्रधानाध्यापक सञ्जय प्रसाद साहको सरुवाको विषयमा विद्यार्थी उचालेर देवाही गोनाही नगरपालिकाको कार्यालय र मेयर प्रेमलाल साहको घरमा तोडफोड गरेको आरोपमा संलग्न भएको भन्दै १० जना माथि मुद्दा दायर समेत गरिएको जनाइएको छ । सो घटनाका मुख्य योजनाकारको रुपमा आरोप लागेका आम जनता पार्टीका नेता राजेश कुमार साहलाई गएराती पक्राउ गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गरुडा तथा जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाको लामो समयको अनुसन्धान पछि तोडफोड गर्ने गराउने १० जना माथि मुद्दा दायर गरेको बताएको छ । पक्राउ परेका साहलाई विशेष सूचनाको आधारमा घरमै छापा मारेर प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेका अनुसार पक्राउ परेका साह विरुद्ध सम्पूर्ण प्रमाणहरू आफुसँग रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपि दिलिप घिमिरेले बताउनु भएको छ । पक्राउ परेका साहको बयान र थप अनुसन्धानपछि अन्य संलग्नताको बारेमा खुल्ने एसपी घिमिरेको भनाई रहेकबो छ । साहमाथी तत्काल अनुसन्धानको लागि अभद्र ब्यावहमारको मुद्दा दर्ता हुने र अनुसन्धानपछि दोषको आधारमा अर्को मुद्दा दायर गरिने एसपी घिमिरेले तराई पोष्टलाई जानकारी दिनु भयो ।

ताजा समाचार

Related Articles