रौतहटमा ४३ थान मोवाइलसहित २ पक्राउ

उपेन्द्र गोले तामाङ
रौतहट १० कार्तिक
रौतहटको बम नहरबाट अबैध भन्सार छलिका ४३ थान मोवाइलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । रौतहटको गौर–चन्द्रनिगाहपुर सडक खण्डबाट प्रहरी गस्ती टोलीले भन्सार छली ल्याएको विभिन्न ब्रान्डको ४३ थान मोबाइलसहित २ जनालाई पक्राउ गरेको जनाएको छ । देवाही गोनाही नगरपालिकाको वडा नम्बर ४ का बर्ष २५ का नितेश पटेल र बर्ष २२ का सचिन पटेल पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताउनु भएको छ । प्रहरीले ग ५ प ७२७१ नम्बरको मोटरसाइकलमा शुक्रवार साँझ सीमाक्षेत्र बाट आउँदै गरेका पटेलद्वयलाई शङ्का लागेर बम नगर स्थित अस्थायी प्रहरी पोष्टको टोलीले चेकजाँच गरेको थियो । सोही क्रममा उनीहरूले भारतबाट अवैध रूपमा ल्याएको ४३ थान मोबाइल बरामद गरिएको प्रवक्ता रायले जानकारी दिनुभएको हो । बरामद मोबाइल मोटरसाइकलसहित दुवै जनालाई जिल्ला प्रहरी कार्यालय रौतहटको नियन्त्रणमा रहेको तथा थप अनुसन्धान भइरहेको प्रहरीको सूचनामार्फत जनाएको छ ।

ताजा समाचार

Related Articles