उपेन्द्र गोले तामाङ
रौतहट १० कार्तिक
रौतहट प्रहरीले पेस्तोल गोलीसहित २ जनालाई पक्राउ गरेको छ । रौतहटको कटहरिया नगरपालिकाको वडा नम्बर ३ का बर्ष २६ का कमोद राम चमार र बर्ष ४४ का नेमालाल साह बानिया रहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपि विक्रम हुमगाईले जानकारी दिनु भयो । उनीहरुको साथबाट नलकटुवा पेस्तोलसहित गोली बरामत गरिएको प्रहरीले जनाएको छ । रौतहटको गुजरा नगरपालिकाको वडा नम्बर ३ धन्सार गेटमा नजिकै विशेष सुचनाका आधारमा सशस्त्र प्रहरी बल प्रधान कार्यालय , ईन्टेलिजेन्ट ब्युरो र सशस्त्र प्रहरी ११ नम्बर हेड क्वाटर रौतहटबाट गएको संयुक्त टोलीले ज ४ प नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेको प्रहरीले बतथाएको छ । मोटरसाइकलमा सवार चमार र बनियाको साथबाट १ थान नलकटुवा पेस्तोल र ३ थान ७.६२ एमएमको गोली बरामद भएको एसपी हुमागाईंले जानकारी दिनु भयो । थप कारवाहीका लागी अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

