रौतहटमा हतियारसहित दुई जना पक्राउ

      रुपेन्द्र पटेल
रौतहट, १० कार्तिक । रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसार सिमरी गेट नजिकै सशस्त्र प्रहरीले हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ११ गणका अनुसार पक्राउ परेकाहरु कटहरीया–३ का २६ वर्षीय कमोदा राम चमार र वर्ष ४४ का नेमलाल साह बनिया हुन् ।
ज ४ प ९०५८ नम्बरको मोटरसाइकलमा सवार दुवै जनालाई चेकजाँचका क्रममा कटुवा पेस्तोल १ थान र सो मा प्रयोग हुने ३ राउन्ड गोली बरामद गरिएको थियो । सशस्त्र प्रहरी बलका उपरीक्षक बिक्रम हुमागाईंले घटनाबारे जानकारी दिँदै भने सशस्त्र प्रहरी बल प्रधान कार्यालयको इन्टेलिजेन्स ब्यूरो र नं. ११ गणको संयुक्त टोलीले गुप्त सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय गौर रौतहटमा बुझाइएको उपरीक्षक हुमागाईंले जानकारी गराएका छन् ।

ताजा समाचार

Related Articles