राैतहटकाे गैडाटारमा हाती प्रबेश , लाखाैकाे केरा नष्ट

राैतहट ९ कार्तिक
राैतहटकाे गैडाटारमा हातीले केरा खेतीमा क्षति गरेकाे छ । राैतहटकाे चन्द्रपुर नगरपालिकाकाे वडा नम्बर ३ गैडाटार गाछी टाेलमा विहिबार गएराती दर्जनाै हाती केरा बारीमा प्रबेश गरि क्षति पुर्याएकाे स्थानिय गाेपाल फुयलले तराई पाेष्टलाई जानकारी दिनु भयाे । गएराी आएकाे साे हातीले १ बिगाह क्षेत्रफलमा लगाइएकाे केरा खेती नष्ट गरेकाे किसानहरुले बताएका छन । पछिल्लाे समय गैडाटारका किसानहरु केरा खेतीतर्फ आकर्षण बढेकाे छ । तर विभिन्न जंगली जनावरहरु तथा हावाहुरीले केरा खेतीमा प्रभाव पार्दै आइरहेकाे छ । जंगली जनावरहरुबाट खेतीलाई जाेगाउने कुनै उपाय किसानहरुसं नरहेकाेले सम्बन्धित निकायले त्यसकाे संरक्षणमा ध्यान दिन स्थानियले माग गरेबा छन ।

ताजा समाचार

Related Articles