युवाहरूको सक्रियतामा बलेरीलाई सौन्दर्यकरण गरिँदै

बलेरी,८ कार्तिक । रौतहटको वृन्दावन नगरपालिका वडा नं १, बलेरीमा “आफ्नो गाउँ आफै बनाउन“ अभियान सुरु भएको छ, जसमा विदेशमा रहेका युवाहरूको सक्रिय सहयोग रहेको छ । यस अभियानलाई स्थानीय युवा रुपेश पटेलको अगुवाइमा सञ्चालन गरिएको हो ।
अभियान अन्तर्गत, बलेरी निर्माण गरिएको चौतारा सौन्दर्यकरण, बाटो सफाइ र रंगरोगन कार्य सम्पन्न गरिएको छ । बिहीबार चौताराको नजिकै नेपाली झन्डा समेत फहराइएको छ ।
नेपाल माध्यमिक विद्यालय विश्रामपुरका प्रधानाध्यापक प्रेमलाल पटेलको प्रमुख अतिथ्यमा झन्डा फहराउने कार्यक्रम सम्पन्न भएको हो ।
रुपेश पटेलले गाउँको सौन्दर्यकरण गर्न वैदेशिक युवाहरूबाट आर्थिक सहयोग प्राप्त भएको जानकारी दिए । उनका अनुसार, “गाउँलाई झिलिमिली बनाउने योजना“ छ, र यस अभियानले गाउँको विकास र सौन्दर्यमा ठुलो योगदान पु¥याउने विश्वास गरिएको छ । उनले व्यक्तिगत रूपमा गाउँको विकासमा चासो राखेको र आफ्नै पहलमा यो अभियान सुरु गरेको बताए ।
कार्यक्रममा प्रधानाध्यापक प्रेमलाल पटेलले पनि विदेशमा रहेका युवाहरूको योगदानको प्रशंसा गर्दै धन्यवाद प्रकट गरे ।
“आफ्नो गाउँ आफै बनाउँ“ अभियानले गाउँको सौन्दर्य र वातावरणमा सकारात्मक परिवर्तन ल्याएको छ र यसले ग्रामीण क्षेत्रको विकासमा युवा शक्ति कत्तिको महत्वपूर्ण हुनसक्छ भन्ने देखाएको छ ।

ताजा समाचार

Related Articles