राैतहटकाे चन्द्रनिगाहपुरबाट बन्दुकसहित डमरु बरामत

उपेन्द्र गाेले तामाङ
राैतहट ८ कार्तिक
राैतहटकाे चन्द्रनिगाहपुरमा बन्दुकसहित २० थान डमरु प्रहरीले नियन्त्रणमा लिइएकाे छ । डिभिजन वन कार्यालय राैतशटको वन गस्तीटोलीले राष्ट्रिय वन क्षेत्रबाट २ थान बन्दुक र खयरको २० थान डमरु सहित एक जनालाइ पक्राउ गरेको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले जनाएकाे छ । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर अन्र्तरगत गैडाटार सव डिभिजन वन कार्यालय रौतहटको रेन्जर विकाश लामिछानेको नेतृत्वमा गएको ५ जनाको गस्ती टोलीले साे बन्दुक र खयरको डमरु सहित एकजनालाइ पक्राउ गरेको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका सहायक वन अधिकृत राजेश साहले जानकारी दिनु भएकाे हाे । बिषेश सुचनाको आधारमा लामिछानेको नेतृत्वमा गएको गस्ती टोलीले चन्द्रपुर नगरपालिका वाड नंं ३ को राष्ट्रिय वन क्षेत्रमा अतिक्रमण गरि वसेको ख्याकु गाउँको कान्छामान जिम्वालाइ बन्दुक सहित पक्राउ गरेको सहायक वन अधिकृत साहले बताउनु भयाे । ३ घण्टा वन क्षेत्रमा खोजेपछि  जिम्बाको गोठमा खानतलाशी गर्दा भरुवा वन्दुक थान २ र खयरबाट तयार भएको डमरु थान २० बरामद गरेको अधिकृत साहले बताउनु भयाे । पक्राउ परेका कान्छामान जिम्बालाइ अबैध वन पैदावार हानी नोक्सानी र हातहतियार सम्बन्धी मुद्दा चल्ने र थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख वन अधिकृत हेमन्त साहले बताउनु भयाेयाे ।

ताजा समाचार

Related Articles