उपेन्द्र गाेले तामाङ
राैतहट ६ कार्तिक
राैतहटमा भारतीय महिलाहरुले नेपाली महिलाहरुलाई ठगी गरिरहेकाे पाइएकाे छ । केही दिन यता राैतहटकाे गाैर , मिठुअवा, खेसरहिया , महादेवपट्टी लगायतका क्षेत्रमा ३/४ जना भारतीय महिला नागरिकहरु प्रवेश गरि विभिन्न सुन चादीका गरगहनाहरु एक दिनका लागि लाने र पुन भाेली पल्ट विभिन्न भाडाहरु तथा नगद रकम दिने भन्दै ठगी गरिरहेकाे स्थानियले बताएका छन । स्थानिय महिला ,आमा , दिदीबहिनीहरुलाई विभिन्न प्रलोभन देखाई पायल दिदाँ एक दिन पछि पायल र थपमा राइस कुकर दिने, चाँदीको बिच्छी दिदा एक दिन पछि बिच्छी र थपमा अन्य सामान दिने, सुनको मंगलसुत्र, टीका अन्य गहना दिदाँ एक दिन पछि गर-गहना थपमा नगद रु-५०,०००/-(पचास हजार) र एउटा फ्रिज दिने भन्दै ठगी गर्ने गरिरहेकाे स्थानिय सञ्चारकर्मीहरुले बताएका छन । कहि कतै यस्ता महिलाहरु देखापरेमा जिल्ला प्रहरी कार्यालय रौतहट,प्रहरी कन्ट्रोल नं.१००, माेवाइल नम्बर ९८५५०४०९९९ मा सम्पर्क राख्न समेत प्रहरीले अनुराेध गरेकाे छ ।

