राैतहट प्रहरीद्वारा ८ लाखकाे अबैध सामान बरामत

राैतहट ६ कार्तिक
राैतहट प्रहरीले अबैध रुपमा भन्सार छलीका ८ लाख बराबरकाे समान मंगलबार बरामत गरेकाे छ । जिल्ला प्रहरी कार्यालय राैतहटका अनुसार अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको करिब ८ लाख बराबरको सर-सामान बरामद भएकाे तराई पाेष्टलाई बताएकाे छ ।  जिल्ला प्रहरी कार्यालय रौतहट तथा कार्यालयको मातहत समेतबाट खटिएको प्रहरी गस्ती टोलीले विभिन्न स्थानहरुबाट अवैध रुपमा भंसार छलि चोरी पैठारी गरी विभिन्न किसिमका सर-सामानहरु तथा सवारी साधन गरि अन्दाजी मुल्य सात लाख उनानब्बे हजार सात सय एकतिस बराबरको नियन्त्रणमा लिई गौर भंसार कार्यालय रौतहटमा बुझाईएको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ ।

ताजा समाचार

Related Articles