तामाङ समाज युएईद्वारा शैक्षिक सहयाेग हस्तान्तरण कार्यक्रम काठमाडौंमा हुदै

उपेन्द्र गाेले तामाङ
काठमाडौ ६ कार्तिक
तामाङ समाज युएईले काठमाडौंमा शैक्षिक सहयाेग हस्तान्तरण गर्ने कार्यक्रम गर्ने भएकाे छ । कार्तिक १० गते काठमाडौं स्थित चाबहिलमा रहेकाे गणेशस्थान बर्गर हाउसमा साे कार्यक्रमको आयाेजना गरिएकाे तामाङ समाज युएईका अध्यक्ष जितेन्द्र तामाङले बताउनु भयाे । युएईमा शिक्षाका लागि समाज कार्यक्रममा संकलन भएकाे रकम साे कार्यक्रममा हस्तान्तरण हुने तामाङले बताउनु भयाे । तामाङ समुदाय शिक्षाको कारण पछाडि परेको ठहर गर्दै तामाङ समाज युएईले लामो समयदेखि युएईमा शिक्षाको नाममा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेका छन् । यसपटक काभ्रे जिल्ला खानीखोला गाउँपालिका-३ स्थित भृकृटि माध्यमिक विद्यालयलाई शैक्षिक सहयोग हस्तान्तरण गर्ने गरि कार्यक्रम तय गरिएकाे जनाएकाे छ । सम्बन्धित विद्यालयमा नै कार्यक्रम गर्ने भने पनि वर्षातको कारण कार्यक्रम काठमाडौंमा गर्न लागेको तामाङ समाज युएईका अध्यक्ष तामाङले बताउनु भयाे । कार्यक्रममा शैक्षिक सहयोग हस्तान्तरणसंगै Top Talent Encouragement Award, Monetary support to school & Scholarship to Students तथा संस्कृतिक कार्यक्रम समेत एकैसाथ हुने जनाएकाे छ ।

ताजा समाचार

Related Articles