राैतहट गरुडाको बर्थिङ् सेन्टरमा स्थानियद्वारा तालाबन्दि

राैतहट ५ कार्तिक
राैतहटकाे गरुडामा अबस्थित बर्थिङ सेन्टरमा स्गानियले ताला लगाएका छन । गरुडा नगरपालिकाकाे वडा नम्बर  ६ पोठीयाहीमा सञ्चालनमा रहेकाे  बर्थिङ सेन्टरमा गाउँलेहरुले तालावन्दी गरेका हुन ।  बर्थिङ सेन्टरमा कार्यरत स्वास्थकर्मी सी एम ए तारा रामको गरुडा नगरपालिकाले अन्य स्थानकाे बर्थिङ सेन्टरमा सरुवा गरेको भन्दै आक्रोसित गाउँलेहरुले कर्मचारीलाई बाहिर निकालेर सोमवार तालाबन्दी गरेको जनइएकाे छ ।  सिएमए राम लामो समयदेखि पोठीयाही बर्थिङ सेन्टरमा कार्यरत रहेका थिए । उहालाई जथाभावी सरुवाले महिलाहरुको सुत्केरी सेवा प्रभावीत हुने भएकाले सरुवा बदर हुनुपर्ने स्थानियको माग गरेका छन ।  स्वास्थ्यकर्मी रामको सरुवा बदर नभएसम्म बर्थिङ सेन्टरको ताला नखोलिने पोठीयाहीबासीले अडान लिएका छन् ।

ताजा समाचार

Related Articles