कार्तिक ५ २०८१
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीसंग ‘गौर हत्याकाण्ड’का हत्यारालाई कारवाही गर्न माग गरेका छन् । गौर हत्याकाण्डका हत्यारालाई कारवाही गर्न ढिलाई गरेकाे भन्दै साहले सरकारको आलोचना समेत गरेका छन् । साेमबार बालुवाटारमा प्रधानमन्त्री ओलीसंगको भेटघाटमा आजपा अध्यक्ष साहले गौर हत्याकाण्डका हत्यारालाई छिटोभन्दा छिटो कारवाही गर्नुपर्ने माग गरेका थिए । पीडित परिवारलाई न्याय दिलाउँन आफ्नो पूर्ण साथ सहयोग रहने बताउँदै अध्यक्ष साह हत्याराहरु खुलेयाम घुमिरहदा समेत सरकार रमिते भएको आरोप प्रधानमन्त्रीकै अगाडी लगाएका थिए ।सरकारलाई समर्थन गरेकै आधारमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई बोक्ने र सरकारको विरोध गरेका कारण रास्वपा अध्यक्ष रवि लामिछानेलाई जाक्ने काम ठिक नभएको समेत साहले प्रधानमन्त्री ओलीलाई जिकिर गरेका थिए । साहले सरकारको समर्थन वा विरोध गर्ने आधारमा नभई प्रमाणका आधारमा कारवाही हुनुपर्ने बताउनु भएकाे छ । तर सरकारले विरोध गर्ने विपक्षीलाई जेल हाल्ने र दोषी भएपनि सरकारको समर्थन गर्नेलाई बोक्ने काम प्रधानमन्त्री ओलीले गरिरहेको आरोप लगाउनु भएकाे थियाे । आजपा र गौर हत्याकाण्डपीडित संघर्ष समितिले न्यायको माग गर्दै आन्दोलन गर्दै आएको छ । हत्यारालाई कारवाही नगरिए बाध्य भएर शसक्त आन्दोलनमा जानुपर्ने हुनसक्ने उनले जनाएका छन् । हत्यारालाई कारवाही गराउँन आजपाले शसक्त आन्दोलन गर्ने चेतावनी समेत दिदै आएको छ । २०६३ चैत्र ७ गते दिउँसो १ बजे उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेसी जनअधिकार फोरमका कार्यकर्ताहरुले २८ जना माओवादी निर्दोष कार्यकर्ताको निर्मम हत्या गरेका थिए । उपेन्द्र यादवको नेतृत्वमा भएको सो घटनामा परी २७ जनाको घटना स्थलमै र १ जनाको उपचारको क्रममा मृत्यु भएको थियो भने सयौंको संख्यामा निर्दोष नागरिकहरु घाईते भएका थिए । त्यस घटनामा बन्दुक, बाँसको फाटा, ढुंगाले टाउँको र मुखमा हानेर मारेका थिए । त्यस्तै महिलाहरुलाई बाँसको फाटाले सम्बेदनशील अंगहरुमा घोचेर, बलात्कार गरी, स्तन काटेर छटपटिरहेको अवस्थामा जिउँदै आगो लगाएर हत्या गरिएको थियो । त्यसैगरि आजपा अध्यक्ष साहले मधेसका बाढी, डुबान पीडितलाई तत्काल राहत दिनुपर्ने, बाढी, डुबान रोक्नका लाििग बागमती, बकैया, कोशी लगायतका नदीहरुमा तटबन्ध लगाउँनुपर्ने सुझाव सरकारलाई दिएका छन् ।

