गौरमा बाढी पस्यो, जनजीवन अस्तव्यस्त

  रुपेन्द्र पटेल
रौतहट, १३ असोज । रौतहटको सदरमुकाम गौर बजारमा आइतवार विहान बाढि प्रवेश गरेको छ । बाढीका कारण स्थानीय जनजीवन प्रभावित भएको हो । बागमती, लाल बकैया र झाझ खोलामा आएको बाढि विहान ३ बजे गौर बजारमा प्रवेश गरेको हो ।
बाढिले सदरमुकामका अधिकांश सडकहरू डुबाएका छन् भने होचा घरहरूमा पानी पस्दा स्थानीय बासिन्दा संकटमा परेका छन् । विशेषगरी विपी चोकको सडक छेउका केही घरहरू बाहेकका सम्पूर्ण क्षेत्र बाढिको पानीले डुबानमा परेको छ। गौर आँखा अस्पताल, सिसवा, सिर्सिया, सपगढा लगायतका वडाहरूमा राति १२ बजेदेखि नै बाढि पसेको जानकारी प्राप्त भएको छ ।
अहिलेसम्म बाढिबाट गौर क्षेत्रमा कति मानिस प्रभावित भएका छन् भन्ने यकिन विवरण प्राप्त भएको छैन। उद्धार कार्यमा कठिनाइ भइरहेको र बाढिले मुख्य बजार क्षेत्र लगायत विभिन्न वडाहरूमा ठूलो असर पारेको छ ।
यसैबीच, नेपाल विद्युत् प्राधिकरणले गौरको ३३/११ केभी सब स्टेशनको केबल ड्रोनमा पानी भरिएको कारण विद्युत् आपूर्ति बन्द गरेको छ, जसले गर्दा बाढि प्रभावित क्षेत्रमा थप समस्या उत्पन्न भएको छ।
प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ सार्ने प्रयास भइरहेको छ भने उद्धार तथा राहत कार्यको लागि सम्बन्धित निकायले तत्परता देखाइरहेका छन् ।

ताजा समाचार

Related Articles