देशभरको विद्यालय ३ दिनका लागि बन्द

काठमाडौँ,१२ असोज । निरन्तर वर्षासँगै आएको बाढीपहिरोका कारण देशभरका विद्यालयहरू ३ दिनका लागि बन्द हुने भएका छन्। शिक्षा मन्त्रालयले आइतवारदेखि लागू हुनेगरी यो निर्णय गरेको हो। बाढीपहिरोका कारण शैक्षिक संस्थाहरूमा क्षति पुगेको, विद्यार्थी तथा अभिभावकहरू प्रत्यक्ष रूपमा प्रभावित भएका, र यातायात अवरुद्ध हुँदा जनजीवनमा गम्भीर कठिनाइ आएको कारण विद्यालय बन्द गर्नुपरेको जनाइएको छ।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमानसिंह श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले देशभरका सबै शैक्षिक गतिविधि तत्काल रोक्ने निर्णय गरेको हो। मन्त्रालयले बाढी प्रभावित क्षेत्रका विश्वविद्यालय र अन्य शैक्षिक संस्थाहरूका परीक्षाहरू पनि स्थगन गर्न अनुरोध गरेको छ।

यस घडीमा सरकारले तीनै तहका सरकार, गैरसरकारी क्षेत्रहरू, र आम नागरिकलाई विपद् व्यवस्थापनका लागि सहकार्य गर्न आह्वान गरेको छ। बाढी र पहिरोको कारण विभिन्न क्षेत्रमा ठूला जनधनको क्षति भएको छ, र सरकारले राहत तथा उद्धार कार्यमा सबै पक्षलाई जुट्न आग्रह गरेको छ।

ताजा समाचार

Related Articles