विना कारण प्रधानाध्यापक सरुवा गरेको भन्दै विद्यार्थीद्धारा प्रदर्शन, रौतहटको देवाहीको अवस्था तनावग्रस्त

रौतहट, ८ असोज । रौतहटको देवाही गोनाही नगरपालिकाको अवस्था तनावग्रस्त बनेको छ । देवाहीका मेयर प्रेमलाल साहले आफ्ना मनोमानी ढंगले एक विद्यालयको प्रधानाध्यापकको सरुवा गर्न लागेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रेपछि सो नगरपालिकाको अवस्था तनावग्रस्त बन्न पुगेको हो ।

जय किसान माध्यमिक विद्यालय धरहरिका प्रधानाध्यापक संजय प्रसाद गुप्तालाई सरस्वती माध्यमिक विद्यालय देवाहीमा सरुवा गर्न लागेको भन्दै उक्त सरुवा रोक्नुपर्ने माग गर्दै जय किसान माध्यमिक विद्यालय धरहरिका विद्यार्थीहरुले अहिले गोनाही स्थित रहेको देवाही गोनाही नगरपालिका कार्यालय अगाडि विभिन्न नाराबाजी गर्दै बिरोध प्रदर्शन गरिरहेका छन् ।

सो पालिकाका मेयर साहले अनाधिकृत रूपमा आर्थिक चलखेल गरेर प्रधानाध्यापक गुप्तालाई अन्यत्र सरुवा गर्न लागेको भन्दै विद्यार्थीहरुले निकै आक्रोशीत हुँदै मेयर साहका विरुद्ध चर्को नाराबाजी गरिरहेका हुन् ।
जस कारण गोनाहीको अवस्था अहिले तनावग्रस्त बनेको छ । परिस्थितिलाई नियन्त्रणमा लिन अहिले त्याहा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । नगरपालिका अगाडि अहिले ठूलो संख्यामा उपस्थित भएका नेपाल र सशसत्र प्रहरीले भिडलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छन् ।

ताजा समाचार

Related Articles