चन्द्रनिगाहपुरबाट साइकलसहित चिरानी काठ बरामद

राैतहट ८ असाेज । राैतहटकाे चन्द्रनिगाहपुरबाट प्रहीरीले मंगलबार बिहान चिरानी काठ सहित ४ थान साइकल नियन्त्रणमा लिइएकाे छ । चन्द्रपुर नगरपालिकाकाे वडा नम्बर ४ जंगल टाेल क्षेत्रकाे बनबाट अबैध चिरानी सालकाे फल्ली ४ वटा साइकलमा लाेड गरि ल्याउदै गरेकाे अबस्थामा साइकलसहित काठ प्रहरीले नियन्त्रणमा लिएकाे हाे । तस्करहरुले ४ वटा साइकलमा प्रति साइकल ३ फल्लीका दरले १२ वटा फल्ली २०.२५ क्विफिट चिरान काठ बरामत गरेकाे प्र.ना.नि. जाेगिन्द्र  चाैधरीले बताउनु भयाे । चाैधरीकाे कमाण्डमा गाडी माेबाइल टाेलीलाई देखेपछि तस्करहरु साइकल छाेडेर फरार भएका थिए । पक्राउ गरेकाे काठ र साइकललाई थप कारवाहीका लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर राैतहटमा पठाइएकाे र फरार मानिसहरुकाे खाेजी कार्य भइरहेकाे प्रहरीले जनाएकाे छ ।

ताजा समाचार

Related Articles