कांग्रेस सभापति देउवा आज बीरगञ्ज आउँदै

बीरगन्ज,८ असोज । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार बीरगन्ज आउँदैछन् ।

मधेशको प्रदेश बिरगंजमा कांग्रेस सभापति देउवाको करिब दुई दिन जति बसाई हुने भएको छ । बिरगंज जिल्लाको २ वटा निर्माण भवन उदघाटन गर्ने कार्यक्रम रहेका छन् ।

मंगलबार उदघाटन समारोह सके पछी कांग्रेसको नेताकार्यकर्ताहरु संग राजनीति भेटघाट कार्यक्रम बनाईएको छ ।

कांग्रेसका अनुसार पार्टी सभापतिज्यूको विहान १०:३० काठमाडौं बाट सिमरा आउने कार्यक्रम तय गरिएको छ ।

कांग्रेस पर्साले आयोजना गरेको दुुई दिने छट्टुाछट्टुै कार्यक्रममा सहभागी हुन सभापति देउवा बीरगन्ज आउन लागेको कांग्रेस मधेस प्रचारप्रसार प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिए ।

उनका अनुसार सभापति देउवाले सुरुमा भोली (मगलबार) दिउँसो पटेर्वासुुगौलीमा आधारभुत अस्तापलको उद्घाटन गर्नुहुने छ

त्यसपश्चात उनी बीरगन्ज फर्किने कार्यक्रम तय भएको छ ।कांग्रेस सभापति देउवा बीरगन्जको दियालो होटलमा बस्नेछन्, जहाँ मधेस प्रदेशको जिल्लाको पार्टी सभापतिसहित अन्य कार्यकर्तासंग उनको भेटघाटको कार्यतालिका बनाइएको छ ।
अर्थात् पार्टी सभापति देउवाको पर्सामा एक रात बस्न कार्यक्रम तय रहेक जनाएको छ ।

दोस्रो दिन भने कांग्रेस सभापति देउवाको दिउँसो २ बजेदेखि पुनः कार्यक्रम तय गरिएको छ ।

बिरगंज महानगरको वडा नम्बर २४ मा देउवाले आत्माराम ओझा दुःखा सहनीको स्मृति भवनको उद्घाटन गर्नेछन् ।

यी कार्यक्रम पश्चात सभापतिको भेटघाट कार्यक्रम तय गरिएको छ ।
कांग्रेस सभापति देउवाले ८ वटै जिल्लाको जिल्ला सभापति, केन्द्रिय सदस्य, प्रदेश सभा सदस्यहरु , नेपाली कांग्रेस मधेस प्रदेशका पदाधिकारी एवम सदस्यहरु संग विशेष भेटघाट गर्ने कार्यक्रम रहेकोे प्रचार प्रमुख गुप्ता बताउनु भयो ।

कांग्रेस मन्त्रीहरू सग मधेशको सरकार कामकारबाही बारे । जिल्ला सभापतिहरु संग वितरण भैई रहेकोे क्रियाशिल सदस्यता तथा नविकरण विषयमा जानकारी लिने समेत रहेकोे छ ।

त्यसपछि बेलुका ५ बजे साँझको जहाजले उनको फेरि राजधानी फर्किने कार्यतालिका रहेको प्रचार प्रमुख जनाएका छन ।

ताजा समाचार

Related Articles