पोखरीमा नुहाउने गएकी गिरीजा देवीको डुबेर निधन

   रुपेन्द्र पटेल
रौतहट, ७ असोज ।  रौतहटको राजदेवी नगरपालिकाको लक्ष्मिपुर गाउँस्थित पोखरीमा नुहाउने क्रममा डुबेर एक महिलाको मृत्यु भएको छ । सोमवार बिहान पोखरीमा नुहाउन गएकी ४५ वर्षीया गिरीजा देवीको डुबेर निधन भएको हो ।
जितिया पर्वको सुरु हुनु अघि महिलाहरु पोखरी, नदी वा जलाशयमा स्नान गर्ने परम्परा रहेको छ। सोही परम्परालाई पालना गर्दै गिरीजा देवी आफ्नो गाउँको पोखरीमा नुहाउन गएकी थिइन् । तर नुहाउने क्रममा उनको खुट्टा चिप्लिएर गहिरो खाल्डोमा गएको अनुमान गरिएको छ ।
महिला डुबेको खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गणका सुरक्षाकर्मी र स्थानीय प्रहरी टोली तत्काल घटनास्थलमा पुगेका थिए । उनीहरुले गिरीजा देवीलाई उद्धार गरी गम्भीर अवस्थामा प्रादेशिक अस्पताल गौर पुर्‍याइएको थियो । अस्पताल पुग्ने लगत्तै चिकित्सकहरुले उनलाई मृत घोषित गरे । सशस्त्र प्रहरी बलका एसपी विक्रम हुमागाईका अनुसार मृतक महिलाको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ भने घटनाको आवश्यक अनुसन्धान भइरहेको छ । यस घटनाले जितिया पर्वको अवसरमा नुहाउन पोखरी वा नदीमा जाने महिलाहरुको सुरक्षाको विषयमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याएको छ ।

ताजा समाचार

Related Articles