गैडाटारबाट अबैध ढुङ्गासहित ४ ट्याक्टर प्रहरी नियन्त्रणमा

रौतहट ७ असोज
उपेन्द्र गोले तामाङ
रौतहटको गैडाटार क्षेत्रबाट अबैध रुपमा चादी खोलामा उत्खनन् गरि ल्याएइको ढुङ्गा तथा बालुवासहित ४ ओटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिइएको छ । सोमबार रौतहटको उतरी भाग गैडाटार चुरेफेदी र चादी नदीबाट अबैध रुपमा उत्खनन गरि ढुङ्गा बालुवा लोड गरि ल्याउदै गरेको अबस्थामा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी टोलीले सो ट्याक्टरहरु पक्राउ गरि चन्द्रपुर नगरपालिकाको कार्यालयमा बुझाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले तराई पोष्टलाई जानकारी दिनु भयो । नियन्त्रणमा लिइएको ट्याक्टरहरुमा ना.१ त ९९४८ बालुवा , ज.१ त १०११ बालुवा ,ना.२ त ३६६२ बालुवा र ना.५ त ८१४२ ढुङ्गा लोड गरि ल्याइएको प्रहरी जनाएको छ । पक्राउ परेका ट्याक्टरहरुलाई नियमानुसार कारवाही अगाडी बढाइएको चन्द्रपुर नगरपालिकाले जनाएको छ ।

ताजा समाचार

Related Articles