रौतहट ७ असोज
उपेन्द्र गोले तामाङ
लोक दोहोरी गीत प्रतिष्ठान नेपाल मधेश प्रदेशको रौतहट जिल्ला तदर्थ समिति सोमबार गठन भएको छ । रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न संगीतकर्मीहरुको भेलाले आशिष लामाको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन गरेको नव गठित सचिव आशिष कुस्वारले तराई पोष्टलाई जानकारी दिनुभयो । सो समितिका अध्यक्ष आशिष लामा , प्रथम उपाध्यक्ष कमल श्रेष्ठ , द्वितीय उपाध्यक्ष सुशीला चौलागाईं , महिला उपाध्यक्ष सरिता धमाल । सचिव आशिष कुस्वार , सहसचिव राम बहादुर घलान , कोषाध्यक्ष अनिशा विश्वकर्मा र सदस्यहरुमा किसन यादव , राम निवास यादव , सिर्जना श्रेष्ठ , स्मारिका कुस्वार , भुवन बहादुर वाइबा , केशब चौधरी , राजेश निर्माणी पासवान , देवकी सिवाकोटी , सन्तोष पौडेल लगायतका रहेका छन । पछिल्ला समयमा रौतहटका लोक दोहोरी गीतसंगीतको संरक्षक तथा सम्बद्र्धनका लागी संस्थाको विधानमा रहेर कामहरु गर्ने अध्यक्ष आशिष लामाले उद्घोष गर्नु भएको छ ।

