जनजागृती माध्यमिक विद्यालयका प्रधानाध्यापक शत्रुधन साह राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानित

रौतहट, ३ असोज । शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएवापत सिन्धुरेघारीस्थित जनजागृती माध्यमिक विद्यालयका प्रधानाध्यापक शत्रुधन साहलाई राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानित भएको छ। राष्ट्रिय शिक्षा दिवस–२०८१ को अवसरमा आयोजित एक कार्यक्रमका बीच प्रधानाध्यापक साहलाई यो प्रतिष्ठित पुरस्कार प्रदान गरिएको हो।
साहले शिक्षा क्षेत्रमा लामो समयदेखि निरन्तर योगदान दिँदै आएका छन्। ग्रामीण भेगका विद्यार्थीहरूको शैक्षिक सुधार र सर्वांगीण विकासका लागि उनले खेलेको भूमिकाको सराहना गर्दै शिक्षा मन्त्रालयले उनलाई पुरस्कृत गरेको हो। जनजागृती विद्यालयमा प्रधानाध्यापकका रूपमा रहँदा साहले विद्यालयको भौतिक तथा शैक्षिक स्तरोन्नतिका लागि विविध कार्यक्रमहरू सञ्चालन गरेका थिए, जसको परिणामस्वरूप विद्यालयले उत्कृष्ट प्रगति हासिल गरेको छ।
कार्यक्रममा शिक्षामन्त्रीले साहको योगदानलाई उच्च मूल्यांकन गर्दै ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षा पुर्याउन गरेको अथक प्रयासको प्रशंसा गरे। पुरस्कार ग्रहण गर्दै प्रधानाध्यापक साहले यस सम्मानले आफूलाई अझ धेरै जिम्मेवारी र प्रेरणा दिएको बताए। साथै, उनले यो पुरस्कार सम्पूर्ण शिक्षक समुदायको कर्तव्यपरायणताको परिणाम भएको उल्लेख गर्दै सबैलाई धन्यवाद ज्ञापन गरे।
राष्ट्रिय शिक्षा पुरस्कार हरेक वर्ष शिक्षा क्षेत्रमा विशेष योगदान पुर्याएका शिक्षक तथा संस्थाहरुलाई प्रदान गरिँदै आएको छ।

ताजा समाचार

Related Articles