रौतहट ३० भदौ
रौतहट क्रिकेट संघको १० औ साधरण सभा शनिबार सम्पन्न भएको छ । शनिबार साँझ रौतहट गौरस्थित सुष्मा प्यालेसमा गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले क्रिकेट संघको १० औ साधरण सभाको उद्घाटन गर्नुभएको थियो । साहले पानसमा बती बालेर उद्घाटन गरिएको सो सभामा क्रिकेट खेलको विस्तार एवं खेलाडी उत्पादनका क्षेत्रमा आरसिएलाई विभिन्न चरणमा नगरपालिकाबाट आवश्यक सहयोग गर्दै आएको चर्चा गर्नु भएको छ । क्रिकेट खेलको विकासका लागि आफूबाट हुने सक्ने सहयोग सदैव गरिरहने साहले प्रतिबद्धता समेत जाहेर गर्नु भएको छ । रौतहट क्रिकेट संघका अध्यक्ष पवन साहको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा उपाध्यक्ष मनोज शर्मा, सचिव प्रमोद साह, कोषाध्यक्ष विकास विक्रान्त नेपाल (पालु), सदस्यहरुमा राजिनन साह, शिवराज मुखिया, प्रमोट मुखिया, उत्तम भटराई, जितेन्द्र भारती लगायतका सदस्यहरुको उपस्थिति रहेका थिए । सो कार्यक्रमको सञ्चालन भने संघका सदस्य एवं संचारकर्मी गौतम श्रेष्ठले गर्नुभएको थियो ।

